Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ५१७ जनामा कोरोना संक्रमण पुष्टि

आज ५१७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३१, चैत्र २०७७
आज ५१७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३८६ जनामा पिसिआर गर्दा ४६० र ८१७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा १५३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १८:०६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology