Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १७ सय ३६ जनालाई कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

आज १७ सय ३६ जनालाई कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

दैनिकी न्यूज

७, बैशाख २०७८
आज १७ सय ३६ जनालाई कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ सय ३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १६ सय ३६ र एन्टीजेनमा ६९ जनालाई पोजेटिभ देखिएको छ ।

२४ घण्टामा ८ हजार ५५ पीसीआर र ६८३ जनाको एन्टीजेन परीक्षण भएको थियो । सोही अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन् भने ११ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ८०६ जना निको भएका छन् भने ३१ सय २ जनाको मृत्यु भएको छ । अहिले ८६ सय ५९ जना संक्रमित आइसोलेसनमा छन् ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - १९:४१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology