Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज २३ सय ५१ जनालाई कोरोना संक्रमण पुष्टि

आज २३ सय ५१ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, बैशाख २०७८
आज २३ सय ५१ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२ सय २० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७ सय ८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्, ८६ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १८:३१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology