काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको स्थिति भयावह बन्दै गएको छ । केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या तिव्र बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४ सय २८ जनालाई संक्रमण पुष्टि भएको छ ।
१० हजार १ पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण हुँदा २४२८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३ सय ६५ जनाको पीसीआर र ६३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । संक्रमणपुष्टि भएकामध्ये २ लाख ७६ हजार ३४९ जना निको भएका भने ३१ सय १७ जनाको मृत्यु भएको छ । हाल १२ हजार ६९० संक्रमित आइसोलेसनमा रहेका छन् ।