Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज २६ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि, १४ संक्रमितको मृत्यु

आज २६ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि, १४ संक्रमितको मृत्यु

दैनिकी न्यूज

११, बैशाख २०७८
आज २६ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि, १४ संक्रमितको मृत्यु
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय १९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३६८ जना संक्रमणमुक्त भएका छन् भने १४ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ सय २५ जनाको पीसीमार परीक्षण गर्दा २४ सय ८६ र ११४३ जनाको एन्टीजेन परीक्षणमा १३३ जनामा पोजेटिभ देखिएको छ ।

काठमाडौँ उपत्यकाका काठमाडौंमा ६४४, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जना गरी ८७२ जना थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार १२३ निको भएका छन् भने ३१ सय ३६ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - २२:४०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology