Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

आज ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

दैनिकी न्यूज

१३, बैशाख २०७८
आज ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७८ जना संक्रमण मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय पीसीआर र ८९३ एन्टीजेन परीक्षण भएको थियो । जसमा पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टीजेन परीक्षणमा ११४ जनालाई पोजेटिभ देखिएको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् ।

आज काठमाडौंमा १५ सय ६७ जना , ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ भने २ लाख ७७ हजार ९५१ निको भएका छन् भने ३१ सय ७६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - २०:२१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology