Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ४५ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि

आज ४५ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, बैशाख २०७८
आज ४५ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ सय २४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना संक्रमणमुक्त हुनुका साथै १८ जनाको मृत्यु भएको छ । आज (मंगलबार) थपिएको संख्या अघिल्लो दिनको तुलनामा ९६८ बढी हो । हिजो (सोमबार) ३५ सय ५६ जनालाई संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टीजेन परीक्षण भएको थियो । जसमा पीसीआर परीक्षण गर्दा ४३ सय ६४ र एन्टीजेन परीक्षणमा १६० जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने २ लाख ७८ हजार ५०६ निको भएका छन् भने ३१ सय ९४ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २१:४७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology