काठमाडौँ । २४ घण्टामा देशभर ६७ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६७ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
काठमाडौं उपत्यकमा आज २३६७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ गरी २३६७ जनामा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, ७२ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । क्वारेन्टाइनमा १ हजार ९ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।