Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पत्रकारलाई पिसिआरमा ५० प्रतिशत छुट

पत्रकारलाई पिसिआरमा ५० प्रतिशत छुट

दैनिकी न्यूज

१५, जेठ २०७८
पत्रकारलाई पिसिआरमा ५० प्रतिशत छुट
images

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा बसुन्धारामा रहेको केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिसिआर गरिदिने भएको छ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु ,ललितपुर शाखा सदस्यहरु,भक्तपुर शाखा सदस्यहरु ,सम्पुर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र (महासंघको सदस्य कार्ड) देखाएर यो सुबिधा लिन सक्नेछन।

महामारीको समयमा आफ्नो जिवनको प्रवाह नगरि अग्र भागमा रहेर नागरिकलाई सुसूचित पत्रकारहरुले गराउने हुदा सामाजिक दाहित्व अनुसार यो छुटको ब्यबस्था गरेको ल्याव प्रशासन प्रमुख अनिल सापकोटाले बताएका छन।

कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब ब्यबस्थापन र नेपाल पत्रकार महासंघ काठमाडौं शाखा बिच उक्त सम्झौता भएको हो।

सरकारी मापदण्ड पुर्ण रुपमा पालना गरेको उक्त ल्याव पिसिआर रिपोर्टको लागि काठमाडौं उपत्यकामा भित्र बिश्वासनिय पनि मानिन्छ। दिनको करिब ७ सय जनाको पिसिआर रिपोर्ट दिन सक्ने उक्त ल्यावले करिब ६ देखि ८ घण्टामा पिसिआर रिपोर्ट दिन सक्ने ल्याब ब्यबस्थापनले बताएको छ।

ल्याब बिहान ६ बजेदेखि रातिको १२ बजे सम्म खुल्ने छ भने रु २ हजार ५ सय लिएर बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म संक्रमित वा संक्रमणको आशङ्खा भएका भएका नागरिकहरुको घरमै गएर दक्ष स्वास्थ्य जनशक्तिले सुरक्षित रुपमा स्वाव कलेक्सन गर्ने पनि अनिलले बताए ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १८:३५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology