Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ५३ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर ५३ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, जेठ २०७८
आज देशभर ५३ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर पछिल्लो २४ घन्टामा थप ५३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार थप ५३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

प्रवक्ता डा. पौडेलका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २१९ जनाले कोरोना जितेका छन्। यो ८० दशमलव ८ प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

हालसम्म १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको हो।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १६:२१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology