Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त

उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त

दैनिकी न्यूज

२३, जेठ २०७८
उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त
images

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी ( जसपा) नेता समेत रहेका राउतले आइतबार पुर्व राजपा पक्षका ४ मन्त्री हटाएका हुन् । सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै ऊनीहरुलाइ हटाइएको हो । बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । ४ जना महन्थ ठाकुर- राजेन्द्र महतो पक्षका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् । अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओ‍वादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २२:५८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology