Logo

शनिवार, कार्तिक १५ गते २०८३

images

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा

दैनिकी न्यूज

१०, आषाढ २०७८
काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा
images

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् । ‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल ९सुरुङमार्ग०, ब्रिज ९पुल०, सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’ उक्त कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६÷७ जनाको टोलीले गरेको उनको भनाइ छ । उक्त डिजाइनरको समूहले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाई टनेल, ब्रिज, सडकलगायत संरचनाको डिजाइन शुरू गर्ने उनले जानकारी दिए ।

‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार यस्तो कोभिडको अवस्थामा पनि उनीहरू आउनु उपलब्धि नै हो,’ पौडेलले भने, ‘टनेल बन्ने धेद्रे र लेनडाँडाको आसपासमा क्याम्पसाइट स्थापना गरिनेछ ।’ नेपाली सेनाले इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) माध्यमबाट दु्रतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । यस माध्यमबाट निर्माण हुने आयोजनाको डिजाइन पनि सोही कम्पनीले गर्नुपर्ने व्यवस्थाअनुसार अहिले आएको टोलीको प्रमुख काम सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नु हो ।

उक्त चिनियाँ कम्पनीसँग सम्झौता गरेअनुसार ६ महीनाभित्र डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ । नेपाल आएका उनीहरूलाई सेनाले सक्दो सहजीकरण गरेर छिटोभन्दा छिटो डिजाइनको काम शुरू गर्ने तयारी गरिने उनको भनाइ छ । यसैगरी पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडको टोली पनि २–३ दिनमै काठमाडौंमा आउने उनको भनाइ छ ।

सेनाले रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्ने गरी यी २ चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । संघीय संसद्को सार्वजनिक लेखासमितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता ९पीक्यू० मै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यो प्रक्रिया नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच सेनाले ठेक्का सम्झौता गरेको थियो ।

द्रुतमार्गमा बन्ने सुरुङमार्गसहित पुलको पहिलो प्याकेजको लागत रू. २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत रू. २८ अर्ब ५३ करोड छ । ती कम्पनीले ६ महीना डिजाइन र त्यसपछिको ३ वर्षभित्र दु्रतमार्गमा सुरुङमार्ग÷पुल निर्माण गरिसक्नेछन् । ७२ दशमलव ५ किलोमीटर ९किमी० लामो उक्त द्रुतमार्गमा सबैभन्दा जटिलता र बढी लगानी यी संरचनामा हुनेछ । द्रुतमार्गमा विभिन्न तीन स्थानमा सुरुङमार्ग बन्नेछन् भने १६ ओटा जटिल खाले पुल पनि बन्नेछन् । द्रुतमार्गमा सुरुङमार्गको दूरी ६.४१ किमी रहेको छ भने जटिल खाले पुलको लम्बाइ १०.५९ किमी रहेको छ ।

यो खबर आजको आर्थिक अभियानमा हिमा वि.क.ले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ०७:०१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology