काठमाडौं । गरिब नागरिकले हातखुट्टा फ्याक्चर हुँदा लगाउने प्लास्टर बजारमा डुब्लिकेट मात्रै पाउने गरेको खुलासा भएको छ । खास गरि संसार मै प्लास्टर सप्लाइमा अब्बल मानिएको पुरानो BSN र BSN बिक्री भएपछि हाल ESSITY बनेको कम्पनीले नै नेपालमा डुब्लिकेट प्लासटर सप्लाई गर्छ भन्दा आम मेडिकल सर्जिकल क्षेत्रका मानिसलाई आश्चर्य लाग्न सक्छ तर विगत पन्ध्र बर्षदेखि उक्त कम्पनीले सक्कली नाममा नक्कली सामग्री नेपालमा सप्लाई गरिरहेकाे पत्ता लागेकाे हाे।
कसरी लाग्याे पत्ता ?
विगत केही समयदेखि खासगरी हाडजोर्नी विभागमा काम गर्ने हाडजोर्नी राेग बिज्ञ तथा उक्त बिभागका कार्यरत टेक्नेसिएनहरु हरेक भेटघाटमा राम्रो प्लाष्टर आउन छाडेको र बजारमा पाउने प्राय: प्लास्टरले राम्रो काम गर्न छाडेकाले आफुहरु चिन्तित भएको गुनासो गर्न थालेका थिए । अझ संसार मै राम्रो भनिएको प्लास्टर झनै काम नगरेको देख्दा उनीहरु अचम्ममा परेका थिए । धेरै समस्या झेल्नु पर्दा ती मध्य एकजना डाक्टरले चेन्नाइमा रहेका भारतीय समकक्षी डाक्टरलाई सबै समस्या सुनाए । भारतीय डाक्टरले नेपालमा जस्तो समस्या आफ्नु ठाउँमा नभएको बताए । भारतीय समकक्षीले त्यही सामग्री भारतमा राम्रो भएको बताएपछि नेपाली डाक्टर झन अचम्मित भए । नेपाली डाक्टरले भारतीय डाक्टरलाई केहि नमुना नेपालमा पठाई दिन अनुरोध गरे । नमुना नेपाल आयो । नेपालका डाक्टरले नमुना प्रयोग गरे । परिणाम उहीँ सामग्री नेपालमा पाउनेले काम गरेन भारतबाट नमुना मगाएकाेले काम गर्याे ।
के थियो, के हुनु पर्ने?
ESSITY कम्पनी बिश्वकाे सर्जिकल र मेडिकल सामग्री उत्पादन गर्ने ठुलो बहुराष्ट्रिय कम्पनी हाे । केही बर्ष अघि उसले कम्पनी बिस्तारकाे क्रममा संसारमै राम्रो प्लास्टर (plaster of paris) उत्पादन गर्ने BSN भन्ने कम्पनीलाई खरिद गरेको हाे । BSN ले उत्पादन गर्ने Rapidur भन्ने (plaster of paris) ब्रान्डलाई संसारकै राम्रो प्लास्टरकाे रुपमा चिनिन्थ्याे । अझ भन्नुपर्दा डाक्टर पढ्ने बिद्यार्थीहरुले प्लास्टर भन्ने बित्तिकै यहि Rapidur लाई सम्झन्थे ।
कसरी आयो नक्कली ?
हामीलेले कसरी उक्त प्लास्टर नेपालमा नक्कली आयो त कसरी त्यति ठुलो कम्पनीले नक्कली सामन नेपाल पठायो भन्ने कुरा लामो मिहिनेत गरेर पत्ता लगायौ । उक्त कम्पनीले भारतीय रेल्वे टेण्डरकाे लागि कमसल सामग्री हालेर नाम त्यही कभर प्याकिङ फरक पारेर सामग्री उत्पादन गर्ने गरेको तथ्य फेला पर्याे । नितान्त रेल्वे टेण्डरकाे लागि बनाउने गरिएको उक्त सामग्री नेपालमा आयात गर्ने कम्पनी र उक्त उत्पादक कम्पनीमा कार्यरत केहि ब्यक्तिकाे मिलेमतोमा करिब पन्ध्र बर्षदेखि नेपालमा नक्कली Plaster Rapidur बेचिएको पाइएको छ।
के फरक छ नक्कली र सक्कलीमा?
सक्कली Rapidur अहिले नेपालमा आउदैन । यो बलियो, टिकाउ र क्रायाक नहुने हुन्छ । नेपालमा आउने Rapidur नक्कली हाे । नक्कली Rapidur लगाएको केही दिनमै प्लास्टरले गजलाई छाड्छ र प्लासटर दुई/तीन पटकसम्म गर्नु पर्ने हुनसक्छ । भाच्चिएकाे हात खुट्टा राम्रोसँग नजाेडिन सक्छ । सक्कली Rapidur लिनाेगज प्रयोग गरिएको हुन्छ । नक्कली Rapidur मा साधारण गज मात्रै प्रयोग गरिएको हुन्छ । जसले गर्दा गज र पेरिसकाे कम्पाेजिसन नमिल्दा प्लास्टरले सहि काम गर्दैन । सक्कली Rapidur कभर प्याकिङ white हुन्छ भने नक्कलीकाे कभर प्याकिङ blue रहेको पाइयाे । सक्कलीमा plastar of paris Bandage rapidur (white) लेखिएको पाइयो भने नक्कलीमा Plastar of paris Bandage Rapidur (blue) लेखेको पाइयो ।
खास गरि मेडिकल प्लास्टरकाे काम भनेकाे हातखुट्टा भाच्चिदा निश्चित अबधिसम्म भाचिएकाे ठाउँ स्थिर राख्न प्रयोग गरिने सामग्री हाे । यसमा गजमा जिप्सम पेरिस हालेर बनाइन्छ। लिनाेगज र जिप्सम पेरिसकाे कम्पाेजिसन जति राम्रो हुन्छ, याे त्यति टिकाउ हुन्छ ।
नेपालमा किन कमसल मगाइयाे ?
नेपालमा कमसल Rapidur मगाउने प्रमुख कारण भनेको सस्तोमा ल्याएर सक्कली बराबर महङ्गोमा बेचि नाफा धेरै कमाउने प्रपञ्च नै हो। खासगरी नेपालीकाे क्रयशक्ति कमजोर छ भनी कम्पनीका मुख्य मानिसलाई भनिन्छ र नेपाल हेर्ने कर्मचारी र आयातकर्ताकाे मिलेमतोमा कम्पनीबाट नक्कली र सस्तो सामग्री उठाइन्छ र नेपालमा महङ्गो दरमा बेचिन्छ । भारतमै चल्दैन Rapidur blue ।
भारतमा उत्पादन हुने Rapidur blue नक्कली Rapidur बिहारकाे केहि गाउँ एरियाभन्दा बाहेक कहि पनि चल्दैन । नेपालमा पनि डुब्लिकेट मात्रै Rapidur आउन थालेपछि धेरै वरिष्ट डाक्टरहरुले पनि बिकल्प अपनाउन थालेका छन । खास गरि मेडिकल प्लास्टरमा धेरै समस्या आउन थालेपछि डाक्टरहरु धेरै महङ्गो पर्ने फाइभर कास्ट, सिन्थेटिक वा पाेलिस्टर कास्टहरुमा कन्भर्ट हुँदै गएका छन भनेे केहि ब्यापारीकाे गल्तीका भागिदार नागरिक परिरहेका छन ।