Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एभरेष्ट अस्पतालको नयाँ वर्ष विशेष अफरः ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने

एभरेष्ट अस्पतालको नयाँ वर्ष विशेष अफरः ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने

दैनिकी न्यूज

१५, पौष २०७८
एभरेष्ट अस्पतालको नयाँ वर्ष विशेष अफरः ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने
images

काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’

उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।

पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्याबस्था पनि राखेको छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १९:२२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology