काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ एन्टिजेन गरी ११ हजार ४२९ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संकमित भेटिएको हो । थपिएका संक्रमित मध्ये पीसीआर परीक्षणबाट १३५७ र एन्टिजेन परीक्षणबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा २५५ जना कोरोनामुक्त हुँदा २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ लाख १० हजार ५४९ ले खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पीसीआर परीक्षणबाट कोरोना पुष्टि हुनेको संख्या ८ लाख ३३ हजार ९४६ पुगेको छ । एन्टिजेन परीक्षणबाट ९७ हजार ५०४ मा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ८ लाख १४ हजार ४८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।