Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

दैनिकी न्यूज

१, माघ २०७८
काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित
images

काठमाडौँ। स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।

 

टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अस्पतालमा १५, भक्तपुर अस्पतालमा ७ र सशस्त्र प्रहरी अस्पतालमा ४ जना सङ्क्रमित भएका छन् । शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सक लगायत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - ०६:५९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology