काठमाडौँ। पछिल्लो २४ घन्टामा ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घन्टामा १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा परिक्षण गरिएको थियो।
शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । हाल सम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६१७ जनाको मृत्यु भएको छ । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।