ललितपुर । ललितपुर जिल्लामा आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आज पाटन हस्पिटलबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो । बुस्टर डोजका रुपमा पहिला पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुने छ भने पहिले लगाएकै खोप बुस्टरका रुपमा दिइनेछ ।