Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

२४ घण्टामा १२ हजार जनामा कोरोना पुष्टि, ८ को मृत्यु

२४ घण्टामा १२ हजार जनामा कोरोना पुष्टि, ८ को मृत्यु

दैनिकी न्यूज

११, माघ २०७८
२४ घण्टामा १२ हजार जनामा कोरोना पुष्टि, ८ को मृत्यु
images

काठमाडौँ। पछिल्लो २४ घण्टामा १२००८ जना नया कोरोना संक्रमित थिएका छन्। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ३०४० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।


हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १७:१८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology