काठमाडौं । भोली (फागुन २१ गते, शनिवार) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।
यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।
केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ ।
मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् ।