Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बढ्यो पुनर्कर्जाको ब्याजदर, कति पुग्यो ?

बढ्यो पुनर्कर्जाको ब्याजदर, कति पुग्यो ?

दैनिकी न्यूज

१४, चैत्र २०७८
बढ्यो पुनर्कर्जाको ब्याजदर, कति पुग्यो ?
images

काठमाडौं । कोरोना सङ्क्रमणको असर कम हुँदै गएपछि त्यसबाट प्रभावितलाई दिइँदै आएको पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढेको छ ।

कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको व्यवस्था गरेको थियो ।

राष्ट्र बैङ्कले मङ्गलबार पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत यसअघि ५ प्रतिशत रहेको यस्तो ब्याजदरलाई ७ प्रतिशत कायम गरेको छ ।

बैङ्कका ग्राहकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जाअन्तर्गत ७ प्रतिशत ब्याज लिन पाउने भएका छन् ।

यता बैङ्कले भने राष्ट्र बैङ्कमार्फत क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् ।

ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैङ्कले तोकेका क्षेत्रका ग्राहक ऋणीका लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०७:२९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology