Logo

बिहिवार, श्रावण २८ गते २०८३

images

आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन

आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन

दैनिकी न्यूज

१६, चैत्र २०७८
आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन
images

काठमाडौं । आजदेखि बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निस्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।

यो आईपीओ खरीदका लागि छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ देखि फागुन २६ गतेसम्म विक्री खुला गरी गरेको थियो । 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०७:२६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology