Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन

आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन

दैनिकी न्यूज

१६, चैत्र २०७८
आजदेखि बलेफी हाईड्रोपावरको आईपीओ सर्वसाधारणलाई निष्काशन
images

काठमाडौं । आजदेखि बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निस्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।

यो आईपीओ खरीदका लागि छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ देखि फागुन २६ गतेसम्म विक्री खुला गरी गरेको थियो । 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०७:२६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology