Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यसरी बाँडफाँड भयो ग्रीन भेन्चर्सको आईपीओ

यसरी बाँडफाँड भयो ग्रीन भेन्चर्सको आईपीओ

दैनिकी न्यूज

२०, चैत्र २०७८
यसरी बाँडफाँड भयो ग्रीन भेन्चर्सको आईपीओ
images

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिहान ८ः३० बजे ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम नयाँबानेश्वरस्थित क्यापिटलको कार्यालयमा राखिएको थियो।

कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

यो आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ६ हजार ५१६ आवेदकबाट परेको २ करोड ४२ लाख ७७ हजार कित्तामात्रै सदर भएका छन्। बाँकी ५ हजार १३३ आवेदकबाट परेको ७४ हजार ८८० कित्ता बदर भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा २ लाख ८७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी १८ लाख १९ हजार १६ आवेदकको हात खाली भएको छ।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ११:५०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology