Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

दैनिकी न्यूज

२१, चैत्र २०७८
नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने
images

काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ ।
पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ ।
सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गर्नुभएको छ ।
नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ ।
निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।

 

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - २०:५७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology