Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउन

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउन

दैनिकी न्यूज

२९, चैत्र २०७८
नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउन
images

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ ।
नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।
क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ ।
क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।
नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिंदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरुलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १४:४०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology