Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बोलेर भन्दा काम गरेर देखाउँछु– शेखर श्रेष्ठ

बोलेर भन्दा काम गरेर देखाउँछु– शेखर श्रेष्ठ

दैनिकी न्यूज

२०, बैशाख २०७९
बोलेर भन्दा काम गरेर देखाउँछु– शेखर श्रेष्ठ
images

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा (माओवादी केन्द्र) बाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यतिबेला चर्चामा रहेका छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो ।

टोखा नगरमा निष्ठावान्, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरदैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन् । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले वाचा गरेका कुरा पूरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहिले पछुतो हुन नदिने श्रेष्ठ बताउँछन् ।

विभिन्न सामाजिक संस्थाहरुको सफलतापूर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गरेका छन् । उनी राजनीतिलाई सेवाको रुपमा लिन्छन् र भन्छन्, ‘म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ ।’

उनले आफुले गर्ने कामलाई मुख्य रुपमा आठ कुरालाई उठाएका छन् । समावेशीता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर टोखा नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, नदीहरुको सफाई, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरुलाई संस्थागत गरी शान्ति र सुरक्षाकी लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने रहेका छन् ।

साथै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक र मौलिक शहरको रुपमा परिचित गराउने सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने । सांस्कृतिक पर्यटनको विकासलाई प्राथामिकतामा राखि काम गर्ने छन् ।

त्यसका साथै सुशासनको प्रत्याभुति दिलाउने । पारदर्शीता, कानुनको पालना, शीघ्र प्रतिक्रिया, सहमति, समावेशीकरण, स्रोत र साधानको सदुपयोग, उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मासात गरी कार्य गर्ने रहेका छन् । त्यसैगरी सुचना हक स्थापित गराउने । सुचनाको हक नागरिकको मौलिक अधिकार भएकोले नगरका सबै गतिविधिमा सुचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तीन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने रहेका छन् ।

टोखा नगरलाई इमान्दारिताका साथ नमुना नगर बनाउन आफु प्रतिबद्ध रहेका बताए । उनी भन्छन्– अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु ।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १५:१९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology