काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको भाउ घटेको जनाएको छ । महासंघले आज सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको भाउ ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो ।
त्यसअघि, लगातार दोस्रो दिन सुनको भाउ स्थिर थियो ।
यसैगरी, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको भाउ आज १२ सय ७० रुपैयाँ छ ।