Logo

बुधवार, श्रावण २७ गते २०८३

images

शुक्रबार दोहोरो अंकले घट्यो नेप्से सूचक

शुक्रबार दोहोरो अंकले घट्यो नेप्से सूचक

दैनिकी न्यूज

२०, जेठ २०७९
शुक्रबार दोहोरो अंकले घट्यो नेप्से सूचक
images

काठमाडौं । शुक्रबार नेप्से सूचक ३३ दशमलव ७६ अंकले घटेर २०७८.७० को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । आज व्यापार समूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ । जीवन बीमा समूह २.३४ प्रतिशत, बैंकिङ समूह १.६८ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.८६ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, जलविद्युत समूह १.३ प्रतिशत, वित्त समूह १.३७ प्रतिशत, निर्जीवन बीमा समूह १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.७४ प्रतिशत, अन्य समूह ०.८१ प्रतिशत, लघुवित्त समूह १.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७४ प्रतिशत र लगानी समूह १.९१ प्रतिशतले घटेको छ ।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नागरिक लगानी कोषको ४ करोड २ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८४ लाख रुपैयाँ, अपी पावरको ३ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ३ करोड १४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज २ कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो दिन उपकार लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - १६:०९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology