Logo

बुधवार, श्रावण २७ गते २०८३

images

शेयर बजारमा उछाल

शेयर बजारमा उछाल

दैनिकी न्यूज

१२, आषाढ २०७९
शेयर बजारमा उछाल
images

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुँजीबजारमा सुधार आएको हो ।

आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक उच्च रुपमा बढेका छन्। जसमध्ये लगानी उपसमूहको परिसूचक सवैभन्दा धेरै ८.८७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ । जलविद्युत,वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी र लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

शेयरबजारमा एकाएक सुधार देखिएसँगै आज ४० भन्दा बढी कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुहेश्वरी मर्चेण्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर लगायत ४० भन्दा बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

images
प्रकाशित मिति :आषाढ १२, २०७९ आइतवार - १७:४६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology