Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

दैनिकी न्यूज

१४, आषाढ २०७९
अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय
images

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ।

नर्भिक इन्टरनेसल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, ई–मेल र वेबसाइटमार्फत अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको सार्वजनिक गरेको हो।

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ। मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ। ‘अस्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्युल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौँ’, अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरुले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिनसमेत आह्वान गरेको छ।

नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत दिइसकेको जनाएको छ। हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:००:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology