Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाका ६२ जना नयाँ संक्रमित थपिए

कोरोनाका ६२ जना नयाँ संक्रमित थपिए

दैनिकी न्यूज

१५, आषाढ २०७९
कोरोनाका ६२ जना नयाँ संक्रमित थपिए
images

काठमाडौं । देशभर पछिल्लो समय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। १ हजार ६ सय २० नमुना परीक्षणका क्रममा ६२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा कोरोनाका ४५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी काठमाण्डौंमा ३९ जना र ललितपुरमा ६ जना गरी ४५ संक्रमित रहेका छन्।

भक्तपुरमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन। २ सय ५६ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ५ गरी देशभर कोरोनाका २ सय ६१ जना संक्रमित रहेका छन् । एक जना संक्रमितको भने आईसीयुमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो अवधिमा १९ जना संक्रमित निको भएर घर फर्कदाँ १ लाख ८४ हजार ६ सय ४५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १८:३९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology