काठमाडौं । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा २४६७ जनाको कोरोना परीक्षण गरिएको थियो।
जसमध्ये ३३ जनाको पिसिआर र ११ जनाको एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
त्यस्तै १६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। देशभर ३१४ जना सक्रिय संक्रमित छन्।