Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज नेप्से १६.२० अंकले बढ्यो

आज नेप्से १६.२० अंकले बढ्यो

दैनिकी न्यूज

३, श्रावण २०७९
आज नेप्से १६.२० अंकले बढ्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आज १६ दशमलव २० अंकले बढेको छ । आज नेप्से १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८।०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १५:४७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology