Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

२८ लाख घुस लिएर घरमै बसिरहेका इन्जिनयर सत्याल पक्राउ

२८ लाख घुस लिएर घरमै बसिरहेका इन्जिनयर सत्याल पक्राउ

दैनिकी न्यूज

२, कार्तिक २०७९
२८ लाख घुस लिएर घरमै बसिरहेका इन्जिनयर सत्याल पक्राउ
images

रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउपर्नेमा इञ्जिनीयर ९आठौँ तह० नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै आज नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - १९:४८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology