Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

दैनिकी न्यूज

२५, कार्तिक २०७९
डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन
images

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०६:४४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology