Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अभिमुखिकरण सम्पन्न

अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अभिमुखिकरण सम्पन्न

दैनिकी न्यूज

१४, चैत्र २०८२
अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अभिमुखिकरण सम्पन्न
images

ललितपुर । ललितपुरमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वय तथा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय ललितपुरको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ललितपुरका सामुदायिक तथा निजी विद्यालयका अभिभावक, विद्यार्थी, पत्रकारलगायत सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका शाखा अधिकृत ओमबहादुर विश्वकर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहजीकरण गरेका थिए । उनले विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने र औपचारिक शिक्षा लिन नसकेका बालबालिकालाई अनौपचारिक शिक्षामार्फत समेट्ने विषयमा जानकारी गराए ।
अभिमुखिकरणमा छलफल, गोष्ठी, भेला तथा अन्तरक्रियामार्फत विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा जोड्ने उपायबारे सहभागीलाई जानकारी गराइएको थियो ।

sahabhagi.jpeg

Shiva.jpeg

नयाँपत्रिका दैनिकका पत्रकार शिवहरि घिमिरेले संविधान, ऐन, नियम तथा कानुनको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीतिलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले राज्यले दिएको अधिकारको सदुपयोग गर्दै थप अधिकारका लागि कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

muktinath.jpeg


निजी विद्यालयका सञ्चालक तथा अग्रज पत्रकार मुक्तिनाथ आचार्यले २०८५ सम्म अनिवार्य तथा निःशुल्क शिक्षाको पहुँच सबैमा पु¥याउनुपर्नेमा जोड दिए ।

prabhu.jpeg

अग्रज पत्रकार प्रभुनारायण बस्नेतले भने सो अवधिसम्म पूर्ण कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्दै सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क असुल्ने गरेको गुनासो गरे ।

Photo Group.jpeg
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले महासङ्घसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गरे । उनले नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने अधिकार सुनिश्चित गरिएको बताए ।
संविधानले प्रत्याभूत गरेको उक्त मौलिक हकको कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ जारी गरिएको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०८:२६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology