Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

राजु नेपाल

१६, मंसिर २०७९
बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने
images

ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि आज (शुक्रबार) पत्रकार महासंघ ललितपुर शाखा र हस्पिटल व्यवस्थापनबीच सम्झौता भएको छ ।

सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी हस्पिटलका कार्यकारी निर्देशक डा. निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् ।

देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।

पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई पनि छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ । आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ ।

भट्टराईका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन। पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।

आजबाट २ वर्षसम्मका लागि यो सम्झौता गरिएको छ । छुटमा उपचार सेवा लिनका लागि पत्रकार महासंघको कार्ड देखाउनु पर्नेछ।

सदस्य रहेर कार्ड नलिएकाको हकमा पत्रकार महासंघ ललितपुर शाखाले सिफारिस गरिदिनेछ।

देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए।

राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए।

सम्झौतामा उल्लेख नभएपनि कुनै विशेष परिस्थिति आएमा उपचारमा थप सहुलीयत दिने प्रतिवद्धता भट्टराईले जनाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, अग्रत पत्रकार प्रभु नारायण बस्नेत, पत्रकार महासंघ उपत्यका प्रदेशका सदस्य माधव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - २१:१७:१४ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology