Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

दैनिकी न्यूज

२९, मंसिर २०७९
त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू
images
काठमाडौं । महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ। त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो ।
 
दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए।
 
उनले भने, 'विद्युतीय हाजिर शुरू भइसकेको छ । अब केही महिनाभित्र कार्यविधि बनाएर सोहीअनुसार व्यवस्थित गर्नेछौं।' उनले त्रिविलाई प्रविधिमैत्री बनाउन सबै कर्मचारी र शिक्षकले अनिवार्य रूपमा विद्युतीय हाजिर गर्नुपर्ने व्यवस्था गरेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - ०७:१६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology