Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल घुससहित अख्तियारको नियन्त्रणमा

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल घुससहित अख्तियारको नियन्त्रणमा

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल घुससहित अख्तियारको नियन्त्रणमा
images

ललितपुर । ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । आयोगले बिहीबार पौडेललाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई एक लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १७:१६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology