Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षक नै झुटा

शिक्षक नै झुटा

दैनिकी न्यूज

१३, चैत्र २०७९
शिक्षक नै झुटा
images

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

तत्कालीन जिशिअ अमरप्रसाद भट्टले नियुक्तिपत्र नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

शिक्षक नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाएका थिए। विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधा निकासा दिएको अख्तियारको आरोप छ।

जिशिअले पद दुरूपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९२० रूपैयाँ हानिनोक्सानी गराएको भन्दै कैद र बिगोबमोजिमको जरिवाना माग गर्दै आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो।

त्यसैगरी जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक सञ्जय ठाकुर दनुवार, मनकाकुमारी अवस्थी, बलैराज निमावि बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवर, व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध छुट्टाछुट्टै ७४ हजार ९२० रूपैयाँ हानिनोक्सानी गराएको भन्दै कैद र बिगोबमोजिमको जरिवाना माग गर्दै आरोपपत्र दर्ता भएको हो। जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथलाई मतियार भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो। यो खबर नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०७:०८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology