Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी हेर्न सकिन्छ एसईई नतिजा

यसरी हेर्न सकिन्छ एसईई नतिजा

दैनिकी न्यूज

२०, आषाढ २०८०
यसरी हेर्न सकिन्छ एसईई नतिजा
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबारसम्म प्रकाशन गरिसक्ने बार्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कक्षा १० को कार्यालयका अनुसार ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भएको हो । यो पटक एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

see.jpg

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १३:००:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology