Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०८०
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ
images

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुइ जना डाक्टर पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका हुन्।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्।

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

सिआइबीले बिहीबार नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्मा, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादवलाई पक्राउ गरेको थियो।

सिआइबीले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा संलग्नहरूलाई पक्राउ गर्न अपरेशन ‘फक्सट्रट चार्ली’ चलाएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ११:०९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology