काठमाण्डौ । सरकारले आफुहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरूका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ ।
सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगाएतले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।