Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

करेन्ट लागेर ललितपुरमा एक जनाको मृत्यु

करेन्ट लागेर ललितपुरमा एक जनाको मृत्यु

दैनिकी न्यूज

१२, कार्तिक २०८०
करेन्ट लागेर ललितपुरमा एक जनाको मृत्यु
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका-४ बस्ने ४० वर्षीय दल बहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - २०:४७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology