Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

दैनिकी न्यूज

२२, मंसिर २०८०
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
images

काठमाडौं । दुई किलो अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित ३ जनालाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् । उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको रेग्मीले बताए।

यस्तै, आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १३:४४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology