Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ

दैनिकी न्यूज

४, पौष २०८०
कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ
images

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक साविक ठूलोपाखर गाविस–२ बस्ने ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्कीएको कारागारबाट भागी, अन्य थुनुवा(कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको हो ।

साथै जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १८:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology