Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ब्राह्मण समाज नेपाल बाराले केन्द्रिय पार्षद छनौट ग-यो

ब्राह्मण समाज नेपाल बाराले केन्द्रिय पार्षद छनौट ग-यो

दैनिकी न्यूज

१५, पौष २०८०
ब्राह्मण समाज नेपाल बाराले केन्द्रिय पार्षद छनौट ग-यो
images

बारा । ब्राह्मण समाज नेपाल बाराले केन्द्रिय पार्षद छनौट गरेका छन् । ब्राह्मण समाज नेपाल बाराका निमित्त संयोजक अखिलेश कुमार पाण्डेको सभापतित्वमा शनिबार बसेको बैठकले केन्द्रिय अधिवेशनको लागि बारा जिल्लाबाट ५ जना पार्षद सदस्य छनौट गरेको हो ।

ब्राह्मण समाज नेपालको केन्द्रिय अधिवेशन पुस २१, २२ र २३ गते दाङ्ग जिल्लाको घोराहीमा हुने भएकाले सो अधिवेशनमा भाग लिन ब्राह्मण समाज नेपाल बाराले बृजेश कुमार पाण्डेय, कात्र्तिकदेव पाण्डेय, राजेश तिवारी, बिजय किशोर पाण्डेय र ब्राह्माकान्त पाण्डेयलाई सर्व सहमतिबाट चयन गरेको महागढीमाई नगरपालिकाका ब्राह्मण समाज नेपालका नगर अध्यक्ष रामायण तिवारीले जानकारी दिए ।

यसैगरी जिल्ला अधिवेशन गराउन पटकपटक संयोजक तोकिए पनि समयमा अधिवेशन हुन नसकेपछि, तत्काल पुरानै समितिलाई अधिवेशन गराउन दवाव सृर्जना गर्ने, गराउने र जिल्लाका १५ वटा पालिकामा नगर कमिटि, गाउँ कमिटि गठन गराउन वातावरण सृर्जना गर्ने बैठकबाट सहमति भएको हरिकृष्ण तिवारीले बताए ।

यसैगरी महागढीमाई नगरपालिकामा सम्पन्न भई सकेको नगर कमिटिलाई बैधानिकता दिने शनिबार सम्पन्न भेलाबाट सहमति भएको उनले बताए ।

भेलामा मुक्तिनाथ तिवारी, प्रेमलाल पाण्डे, अखिलेश पाण्डे, बिजय किशोर पाण्डे, देवानन्द पाण्डे, ज्ञानसागर पाण्डे, बेद प्रकाश पाण्डे, संजय तिवारी, शम्भु शुक्ला, ओमप्रकाश उपाध्याय, मोहन पाण्डे, चन्द्रकिशोर पाण्डे र शिवशंकर मिश्रा लगायतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :पौष १५, २०८० आइतवार - ०६:४१:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology