Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कुलेखानी–फर्पिङ सडक खण्ड दुई महिनालाई बन्द

कुलेखानी–फर्पिङ सडक खण्ड दुई महिनालाई बन्द

दैनिकी न्यूज

१६, पौष २०८०
कुलेखानी–फर्पिङ सडक खण्ड दुई महिनालाई बन्द
images

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ । कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आज (पुस १६ गते बिहान) देखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।

उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए ।

उनका अनुसार आज बिहानदेखि वैकल्पिक मार्गका रूपमा हेटौँडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन् । वैकल्पिक सडकका रुपमा काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

‘यस इन्द्रसरोवर गाउँ कार्यपालिका अन्तर्गत कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडक खण्ड हुँदै काठमाडौं जाने सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको छ। यसै क्रममा सो कार्यलाई अझ प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न यहि मिति पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा आवत जावत बन्द रहने र सवारी साधनहरू अन्य वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

हेर्नुहोस सूचना

414666486_669254782045170_5899250459684769601_n-1704073051.jpg

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०७:४५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology