Logo

बुधवार, श्रावण २७ गते २०८३

images

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो, सचेत रहन आग्रह

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो, सचेत रहन आग्रह

दैनिकी न्यूज

१७, पौष २०८०
हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो, सचेत रहन आग्रह
images

काठमाडौं । केही दिन यता मुलुकका विभिन्न भागमा चिसो बढ्दै गएको छ । हुस्सु, कुहिरो तथा हिमपातका कारण चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ०९:४०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology