Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एमालेले भाग खोजेपछि गठबन्धनमा असन्तुष्टि

एमालेले भाग खोजेपछि गठबन्धनमा असन्तुष्टि

दैनिकी न्यूज

२०, पौष २०८०
एमालेले भाग खोजेपछि गठबन्धनमा असन्तुष्टि
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रिय सभामा भाग खोजेपछि सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेको छ। राष्ट्रिय सभामा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने विषयलाई लिएर गठबन्धन दलहरूभित्रै असन्तुष्टि बढेको हो।

सत्ता गठबन्धन र एमालेबीच सहकार्यको गृहकार्यप्रति व्यंग्य गर्दै नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले हिजो कोशीमा एमालेसँग सहकार्य गर्दा गठबन्धन नै धरापमा पर्‍यो भन्नेहरू आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेको टिप्पणी गर्नुभएको छ।

उहाँले भन्नुभयो– ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो शृङ्खला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै शुरु भएको हो।’

बिहीबार सामाजिक सञ्चालबाट कोइरालाले आफ्नो धारणा राख्दै गठबन्धनका नेताहरूको आ–आफ्ना स्वार्थपूर्ति गर्न एमालेको साथ चाहिएको टिप्पणी गर्नुभएको हो।

सोही विषयलाई लिएर सरकारमा सहभागी जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीसमेतले असन्तुष्टि जनाएका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तामा बसेका र बाहिर बसेका समेत एकै ठाउँमा मिलेर मधेसकेन्द्रित दलहरुलाई बाइपास गर्ने गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘ठूला दलका नेताहरुले मधेस केन्द्रित दलहरुलाई कहाँ स्थान दिन्छन र रु यहाँ त प्रतिपक्षीले समेत फेरि राष्ट्रियसभामा भाग माग्दै रोइकराई गरेका छन्।’

राष्ट्रियसभामा प्रतिपक्षीलाई पनि सत्ताधारी नेताहरुले मिलाएर लाने हो भने सरकारमा साना दलहरुले साक्षी बसी रहन नसक्ने राउतको चेतावनी छ।

राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक एमालेको प्रस्तावका कारण कुनै निष्कर्षमा पुग्न सकेको छैन।

सिट बाँडफाँटमा प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत समेट्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवा प्रयासरत छन्। यो खबर आजको नेपाल समाचारपत्रमा जीवन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०७:२८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology